होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, पुस १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाको निर्वाचनमा काँग्रेसले धाँधली गर्न खोज्योः नेता थापा
समाचार

बुढीगंगाको निर्वाचनमा काँग्रेसले धाँधली गर्न खोज्योः नेता थापा

  • नागरिक रैबार
बुढीगंगाको निर्वाचनमा काँग्रेसले धाँधली गर्न खोज्योः नेता थापा

नागरिक रैबार/बाजुरा २३ असार। नेकपा एमालेका केन्द्रीय नेता कणर्बहादुर थापाले सत्ता गठबन्धनका दलहरुले बाजुराको बुढीगंगामा जारी निर्वाचनमा धाँदली गर्न खोजेको आरोप लगाएका छन्। नेता थापाले बुढीगंगाको निर्वाचनबारे भ्रमहरु फेलाइएको भन्दै सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, एकिकृत समाजवादीले निर्वाचनमा धाँदली गर्न खोजेको सामाजिक सञ्जालमार्फत  आरोप लगाएका हुन् ।

उनले लेखेका विहिबार दिउसो सामाजिक सन्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडानं ९ को मतदानबारे अनेक भ्रमहरु फैलाइदैछ। गठबन्धनले निर्वाचन विथोल्न खोजेपनि निर्वाचन सुचारु भैरहेको छ। राज्य शक्तिको दुरुपयोगले जनताको शक्ति पराजित हुनै सक्दैन।’

यसअघि बुढीगंगा नगरपालिका ९ स्थित त्रिशक्ति मावि मतदानस्थलमा विवाद भएको थियो। झडप साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार पनि गरेको थियो। अहिले मतदानस्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ।

विज्ञापन

मतदान पुनः सुरु भएको प्रहरीले जनाएको छ। यहाँ गत वैशाख ३० गते भएको मतदान विवादित भएपछि त्यसलाई रद्द गरेर आज पुनः मतदान भैरहेको छ। यहाँ नगर प्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै