नागरिक रैबार / बाजुरा २३असार । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्बाचान कार्यालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु