होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी
समाचार

यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी

  • नागरिक रैबार
यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी

काठमाडौं, चैत २४ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी यसै सातादेखि निर्वाचन आचारसंहिता लागु गर्ने अन्तिम तयारी गरेको छ ।

निर्वाचन आचारसंहिता लागु गर्न भइरहेको ढिलाइले गर्दा निर्वाचनलाई प्रभावित पार्ने गरी जनप्रतिनिधिबाट स्रोत र साधन दुरूपयोग भइरहेको गुनासो आइरहेको बेला आयोगले सम्भवतः तीन दिनभित्र आचारसंहिता लागु गर्ने स्पष्ट पारेको छ ।

आचारसंहिता कार्यान्वयन गराउनका गृहकार्य भइरहेको जानकारी दिँदै बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने– ‘सम्बन्धित निकायहरूलाई क्रियाशील गराएर आचार संहिताको प्रभावकारी कार्यान्वयन गराउन अधिकारसहितको संस्थागत व्यवस्था आयोगले गर्नेछ । यो व्यवस्था गरिसकेपछि ७७ वटै जिल्लामा सर्कुलर गर्ने र सर्कुलर गरेको दुई दिनभित्र आचारसंहिता लागू हुन्छ ।’

विज्ञापन

उनले आचारसंहिता लागु गर्नुपूर्व ७७ जिल्ला निर्वाचन कार्यालय र गृह प्रशासनलाई तम्तयार राख्नुपर्ने र स्थानीय प्रशासनमा आचारसंहिता उल्लंघनको उजुरी लिने व्यवस्थापन गर्नुपर्ने आवश्यक रहेको बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि