होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसी सम्झौता बुझाउन कांग्रेसले घर-घरमा पुस्तिका पठाउने
समाचार

एमसीसी सम्झौता बुझाउन कांग्रेसले घर-घरमा पुस्तिका पठाउने

  • नागरिक रैबार
एमसीसी सम्झौता बुझाउन कांग्रेसले घर-घरमा पुस्तिका पठाउने

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्‍याउने भएको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। ‘चुनावी अभियान फागुन २९ गतेबाट सुरु हुन्छ। एमसीसीको सत्यता के हो भनी कांग्रेसले घर घरमा पुस्तिका पठाउँछ।’ खड्काले भने। देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर-घरमा पुस्तिका पुर्‍याउने बताइएको छ ।

विज्ञापन

फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ। फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै