होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कालिकोटका व्यापारी मृत्यु प्रकरण : सुर्खेतमा यातायात बन्द
समाचार

कालिकोटका व्यापारी मृत्यु प्रकरण : सुर्खेतमा यातायात बन्द

  • नागरिक रैबार
कालिकोटका व्यापारी मृत्यु प्रकरण : सुर्खेतमा यातायात बन्द

सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी)को शंकास्पद मृत्यु भएको बिषयलाई लिएर आइतबार यातायातका साधन बन्द गरिएको छ । मृतकका आफन्तहरुले यातायातका साधनसहित बजार बन्द गरेर सहयोग गरिदिन भन्दै माईकिङ् गरिरहेका हुन् । काँक्रेविहार यातायात प्रा.लिका अध्यक्ष रमेश सापकोटाले प्रदेश राजधानी वीरेन्द्रनगरदेखि छुट्ने सम्पुर्ण यातायातका साधन बन्द गरिएको  जानकारी दिए ।

उनले भने,‘ बसपार्कका सबै ढोका बन्द गरिएका छन् । अरु भन्दा मान्छे आवत–जावत गर्ने ढोका समेत बन्द गरिएको छ । त्यो राम्रो होइन , आन्दोलनका नाममा सर्वसाधारण नागरिकलाई दुःख दिनु उपयुक्त होइन ।’

यातायातका साधन बन्द भएसँगै यात्रुहरु अलपत्र परेका छन् । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका हमालको प्रहरीको निर्घात कुटाइबाट मृत्यु भएको आफन्तको आरोप छ । यद्यपि, सुर्खेत प्रशासनले भने घटनाको छानविनका छानबिन समिति गठन गरेको छ। सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगर, अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तम प्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। उक्त, समितिले ३ दिनभित्र छानविन गरेर प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्ने छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार