काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । एक आयुक्त भन्छन्, ‘भोलि २ बजेपछि भेट होला ।’
त्यसको अघिल्लो दिन मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर २ को मिति आएको आयोग स्रोत बताउँछ ।
दशैं तिहारको बीचमा मनोनयन दर्ता गर्ने गरी कात्तिक ३० गते बुधबार प्रस्ताव गर्ने छलफल भएको थियो । तर मंगलबारको छलफलमा मंसिर २ गते शुक्रबार पनि उपयुक्त हुने मत आएको छ ।
फेसबुक प्रतिक्रियाहरु