होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतमा भेटियो कोरोनाको नयाँ सब–भेरियन्ट
समाचार

भारतमा भेटियो कोरोनाको नयाँ सब–भेरियन्ट

  • नागरिक रैबार
भारतमा भेटियो कोरोनाको नयाँ सब–भेरियन्ट

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो ।

इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्नु हतारो हुने बताएका छन् । उता इम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिक थोमस पीककले यो नयाँ सब–भेरियन्टमाथि नजिकबाट निगरानी बढाउनुपर्ने जिकिर गरेका छन् ।

हालसम्म भारतसहित ८ देशमा ओमिक्रोनको यो नयाँ सब भेरियन्ट पुष्टि भएको छ । २ जुलाईसम्म महाराष्ट्र, पश्चिम बङ्गाल, दिल्ली, जम्मू कश्मीर, मध्य प्रदेश, तेलंगाना, उत्तर प्रदेश, हरियाणा, कर्नाटक र हिमाचलमा यसका ६९ सङ्क्रमित फेला परेका छन् । विज्ञहरूले भाइरस कमजोर बन्दै गएपछि यसका नयाँ–नयाँ सब–भेरियन्ट आउनु स्वाभाविक भएको बताएका छन् । भारतमा हाल ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ पनि सक्रिय रहेको छ ।

विज्ञापन

पछिल्ला १४ दिनमा भारतमा दैनिक १० हजारभन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । सोमबार मात्र १३ हजार ८६ नयाँ सङ्क्रमित फेला परेका छन् भने २४ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १२ हजार ७६१ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै