होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
समाचार

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

  • नागरिक रैबार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए ।

भेटमा प्रतिनिधिसभामा छलफलको क्रममा रहेका विभिन्न विषय र समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री र सभामुखबीच नियमित भेटघाटको रुपमा छलफल भएको जानकारी दिए । ‘यो नियमित भेटघाट हो । सदन चलिरहेको बेला यस्तो भेट भइरहन्छ,’ उनले भने, ‘समसामयिक विषयमा छलफल भयो ।’

विज्ञापन

सभामुखको सचिवालयले संसदीय समितिका सभापति र उपसभामुख चयनबारे छलफल भएको जानकारी दिएको छ । ‘प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीचको भेटमा प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको हो,’ सभामुखको सचिवालयले भनेको छ, ‘उहाँहरूबीच नागरिकतालगायत विचाराधीन विधेयकहरू र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १७ घन्टा अगाडि

भर्खरै