होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ६ पानीनाउला जलवायु उत्थानशिल गाउँ घोषणा
समाचार

बडीमालिका ६ पानीनाउला जलवायु उत्थानशिल गाउँ घोषणा

  • नागरिक रैबार
बडीमालिका ६ पानीनाउला जलवायु उत्थानशिल गाउँ घोषणा

नागरिक रैबार/बाजुरा २२ जेठ। जिल्लाको बडीमालिका नगरपालिका–६ पानीनाउलालाई आइतबार विश्व वातावरण दिवसको अवसरमा मष्टेश्वरी ताजा तरकारी कृषक समुहको आयोजनमा जलवायु उत्थानशिल गाउँ घोषणा गरिएको छ ।
कृषक समुहले गाउँलाई हरियाली बनाउन र वातावरण स्वच्छ र सफा सुग्घर बनाउदै नमुना गाउँका रुपमा जलवायु उत्थानशिल घोषणा गरेको हो ।

पानीनाउला गाउँलाई बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले एक कार्यक्रमका बीच जलवायु उत्थानशिल घोषणा गरेका हुन् ।
जल र वायुलाई स्वच्छ राख्नका लागि गाई गोरुको खोर व्यवस्थापन,घरबाट निस्केको फोहर व्यवस्थापन, गाईगोरुको गोवरलाई व्यवस्थित बनाउदै कम्पोष्ट मलबाट अर्गानिक तरकारी उत्पादनमा जोड दिइएकाले गाउँलाई जलवायु उत्थानशिल घोषणा गरिएको मष्टेश्वरी ताजा कृषक समुहका अध्यक्ष बीरबहादुर कार्कीले बताएका छन् ।

कृषक समुहको आयोजना र सहयोगी हातहरुको समुह(सहास नेपाल) लिफ्ट परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जलवायु उत्थानशिल गाउँ घोषणा गरिएको अध्यक्ष कार्कीले बताए ।

विज्ञापन

कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर प्रमुख अमरबहादुर खड्का प्रमुख अतिथी रहेका थिए । घोषणा कार्यक्रममा नगर उप प्रमुख नन्दा कुमारी थापा,बडीमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्बर महत,वडा नम्बर ६ का वडा सदस्य परे बडुवाल,पुर्व वडाध्यक्ष कला बडुवाल, गैसस महासंघका अध्यक्ष कृष्ण अधिकारी,सहास परियोजना अधिकृत बेसेन्द्र राई, पत्रकार प्रकाश सिंह,कृष्ण ओली,प्रेम रौले लगायत सहभागी थिए ।
संस्थाका सदस्य लालबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए । भने संचालन सचिवले गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि