कञ्चनपुर: कञ्चनपुरबाट भारत लैजान लागिएकी एक किशोरीको उद्धार गरिएको छ। शुक्लाफाँटा नगरपालिका १० की अन्दाजी १९ वर्षीया किशोरीको दोधरा चाँदनी नगरपालिका– ७ कञ्जभोज नजिक दशगजा क्षेत्रबाट उद्धार गरिएको हो।
प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको शनिबार साँझ उद्धार गरेको थियो। किशोरीलाई भारततर्फ लैजान लागेका भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका २९ वर्षीय पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
फेसबुक प्रतिक्रियाहरु