होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा एमाले अध्यक्ष ओली
समाचार

धनगढीमा एमाले अध्यक्ष ओली

  • नागरिक रैबार
धनगढीमा एमाले अध्यक्ष ओली

धनगढीः नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पुगेका छन्। बिहीबार एमालेले कैलाली र कञ्चनपुरमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्न ओली यहाँ पुगेका हुन्।

सुदूरपश्चिमका एमाले नेता तथा कार्यकर्ताहरुले विमानस्थलमा ओलीको स्वागत गरेका छन्। एमाले अध्यक्ष ओलीले आज कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ। कञ्चनपुरको बेलौरी, कैलालीको बर्दगोरिया र धनगढीकोमा एमालेको आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले बताए।

उनका अनुसार ओली सुरुमा कैलालीको बर्दगोरियाको कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्नेछन्। त्यसपछि उनले धनगढीको कार्यक्रमलाई सम्बोधन गर्नछन्। ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै