होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङमा जेठ १ गतेसम्म मदिरा निषेध
समाचार

बझाङमा जेठ १ गतेसम्म मदिरा निषेध

  • नागरिक रैबार
बझाङमा जेठ १ गतेसम्म मदिरा निषेध

बझाङ।स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निशेध गरिने भएको छ । निर्वाचन आचारसहिंता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर अबको जिल्लाभर मदिरा निशेध गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निशेध गर्ने निर्णय गरेको हो ।

चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचार सहिंताको उल्लंघनका घटना बढ्ने भएकोले मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

विज्ञापन

साथै सरोकारवालाले चुनाव प्रचारका क्रममा दलहरूले आचार संहिताविरुद्धका कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन् ।

दलका सभा-सम्मेलनमा बालबालिकाको प्रयोग, सार्वजिनक ठाउँमा दलका झण्डालगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसहिंता उल्लंघन नगर्न आग्रह गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार