होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • क्रान्तिकारीका नेता शाहीलाई २४ घण्टाभित्र कारवाही गर्न माग
समाचार

क्रान्तिकारीका नेता शाहीलाई २४ घण्टाभित्र कारवाही गर्न माग

  • नागरिक रैबार
क्रान्तिकारीका नेता शाहीलाई २४ घण्टाभित्र कारवाही गर्न माग

नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश कमिटी सचिव दिपक कुमार शाहीले पार्टी नीति विपरित क्रियाकलाप गरेको भन्दै सो पार्टीका नेता कार्यकर्ताले माग गरेका छन् । उनीहरुले शाहीमाथि २४ घण्टाभित्र कारवाहीको माग गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।उनीहरुले आफ्ना माग सम्बोधन नभए पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिने चेतावनी दिएका छन् । यसरी चेतावनी दिनेमा प्रदेश कमिटी सदस्यदेखि जिल्लाका विभिन्न भ्रातृ संगठनका प्रमुख रहेका छन् ।

‘निज भ्रष्ट प्रदेश सचिब तथा केन्द्रीय सदस्य दिपक कुमार शाहीलाई तुरुन्त कारबाही गरि हाम्रो माग चौबिस घण्टा भित्र परिपूर्ति गरिदिनु हुन सो पार्टीको सम्बन्धित निकायलाई जानकारी गराइन्छ’, संयुक्त हस्ताक्षरसहित जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि हाम्रो सो माग पुरा नभएमा यसै प्रेस विज्ञप्ति प्रकाशित भएको समयले चौबिस घण्टा भित्र सो पार्टीको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यता समेत स्वत परित्याग गरिने व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

यस्तो छ विज्ञप्ति :

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार