होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चलचित्र विकास बोर्ड अध्यक्ष बन्न १० जनाले दिए आवेदन, कसलाई कसको समर्थन ?
समाचार

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न १० जनाले दिए आवेदन, कसलाई कसको समर्थन ?

  • नागरिक रैबार
चलचित्र विकास बोर्ड अध्यक्ष बन्न १० जनाले दिए आवेदन, कसलाई कसको समर्थन ?

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ ।

शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, नरेश पौड्याल, सुशील पोखरेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ र निर्मलराज पौड्याल छन् ।

आवेदन दिएसँगै अब अन्तवार्ता लगायतका प्रक्रिया अघि बढ्ने जानकारी संयोजक शर्माले बताए । उनका अनुसार नियुक्तिको प्रक्रिया पूरा हुन अझै केही साता लाग्नेछ ।

विज्ञापन

आवेदन प्राप्त भएपछि गठित समितिले अब तोकिएको मापदण्डअनुसार आवेदन आएको छ कि छैन भनेर रुजु गर्ने जनाइएको छ । मापदण्डअनुसार आवेदन प्राप्त भए प्रक्रियामा अघि बढ्ने शर्माले जानकारी दिए ।

आवेदन दिएसँगै दशै जना आवेदकले राजनीतिक दौडधुपलाई तीव्र बनाएका छन् । भुवन केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन रहेको बताइन्छ । अरुण प्रधानलाई आफ्नै निर्वाचन क्षेत्रका समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समर्थन रहेको जनाइएको छ । दीपक श्रेष्ठलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समर्थन रहेको बताइन्छ भने रौनियारलाई प्रकाशमान सिंहको सहयोग रहेको छ ।

दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष बन्न आकांक्षीहरुको रस्साकस्सी तीव्र भएको हो ।  अनलाइनखबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै