नागरिक रैबार बाजुरा २० असार । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको छ ।
बडीमालिका नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको हो ।
बडिमालिका नगरपालिकाको समन्वय तथा नेपाल दुरसंचार प्राधिकरणको समन्वयमा डिभाईसहरु बितरण गरीएको नगर प्रमुख अमर खड्काले बताएका छन ।
फोर जि मा आधारीत ब्रोडब्याण्ड इन्टरनेट डिभाईसमा रिर्चाज हालेर प्रयोग गर्न मिल्ने भएकोले त्यसका लागि २ बर्ष सम्म । नेपाल दुर संचार प्राधिकरणको ग्रामिण दुरसंचार कोषको प्रयोगबाट सो डिभाईस चलाउन मिल्ने बडिमालिका नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रंगमल बिकले बताएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख खड्काले सो डिभाईसको सहि सदुपयोग गर्न निर्देशन गरेका छन । गाउँमा इन्टरनेट नचल्लने अबस्थामा यो डिभाईसले गर्दा सेवा प्रबाहमा सहयोग पुग्ने बताएका छन ।
अब धेरै कामहरु ईमेल इन्टरनेटबाटै हुने भएकोले कागजको भारलाई कम गर्नुका साथै बाल शिक्षण सिकाईमा समेत यो डिभाइसले गर्दा सहज हुने नगर प्रमुख खड्काले बताए ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन शिक्षा तथा खेलकुद शाखाका प्रमुख रंगमल विकले गरेका थिए ।
कार्यक्रममा बिषिष्ठ अतिथि बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा रहेकी थिइन । कार्यक्रममा १४ ओटा बिद्यालय शिक्षकहरु र नेपाल दुर संचार प्राधिकरणका प्राबिधीक पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु