होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बतास समूहले भन्योः प्रेम आलेले राज्यशक्तिको आडमा आतंक मच्चाए
समाचार

बतास समूहले भन्योः प्रेम आलेले राज्यशक्तिको आडमा आतंक मच्चाए

  • नागरिक रैबार
बतास समूहले भन्योः प्रेम आलेले राज्यशक्तिको आडमा आतंक मच्चाए

काठमाडौँः बतास समूहले राज्य आतंक गरेर व्यवसायीलाई हतोत्साहित बनाउने काम गरेको बताएको छ। उक्त समूहले पशुपति क्षेत्र विकास कोष र पर्यटनमन्त्री प्रेम आलेले राज्यशक्तिको दुरुपयोग गर्दै व्यवसायीलाई हतोत्साही बनाएको बताएको हो।

बतास समूहका अध्यक्ष आनन्दराज बतासले विज्ञप्ति जारी गर्दै नेपाल–भारतमैत्री पशुपति धर्मशालाको विषयमा राज्यको जिम्मेवार तहबाट नै गैरकानुनी तथा स्थापित विधि, विधान, ऐन, नियम र प्रचलन विपरित असामान्य क्रियाकलाप हुँदै आएको बताएका छन्।

‘कोरोना महामारीका कारण होटल व्यवसाय धराशायी भएको समयमा समेत २०७९ वैशाख मसान्तसम्मको सम्झौता बमोजिमको बहाल रकम बुझाइसकेको तथ्यसमेत निर्विवाद रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यही पृष्ठभूमीमा २०७८ चैत १७ गते नेपाल–भारत मैत्री पशुपति धर्मशालाको प्रांगणमा जिम्मेवार सरकारी निकायबाट भएको आपत्तिजनक गतिविधिले नेपालको कानुनी शासनको नै धज्जी उडाउने, धर्मशालामा आश्रय लिइरहेका धर्मावलम्बीलाई त्रसित पार्ने काम भएको छ।’

विज्ञापन

बतास समूहले प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारत सरकारको सहयोगमा निर्मित धर्मशालालाई केन्द्रमा राखेर वितन्डा मच्चाउने काम गर्दै नेपाल–भारत सम्बन्धमा खलल पुर्‍याउने काम भएको बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार