होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पुटिनको टाउको ल्याउनेलाई १० लाख डलर इनाम
समाचार

पुटिनको टाउको ल्याउनेलाई १० लाख डलर इनाम

  • नागरिक रैबार
पुटिनको टाउको ल्याउनेलाई १० लाख डलर इनाम

एजेन्सीः रूसी व्यापारी एलेक्स कोन्याखिनले भ्लादिमिर पुटिनको टाउको ल्याउनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्। कोन्याखिनले आफ्नो फेसबुक र लिंक्डइनमा पुटिनको तस्बिरसहितको पोष्टर साझा गरेका छन्।

एलेक्सले पोष्टमा पुटिनलाई अन्तरराष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराधीका रूपमा पक्राउ गर्न १० लाख डलर तिर्न तयार रहेको बताए। कोन्याखिनको यो पोष्टलाई आफ्नो नियम उल्लङ्घन भएको भन्दै फेसबुकले हटाएको छ। त्यसपछि रूसी व्यापारीले आफूले पुटिनलाई मार्न नभई न्यायको कठघरामा ल्याउन उक्त घोषणा गरेको स्पष्ट पारेका छन्।

कोन्याखिनले रूसले युक्रेनमा आक्रमण शुरु गरेको ८ दिनपछि यो पोष्ट गरेका हुन्। यो युद्धमा हालसम्म युक्रेनका २ हजारभन्दा बढी सर्वसाधारण मारिएको दाबी गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार