होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चीनमै फेरी नयाँ प्रकारको कोरोना संक्रमण पाइएको पुष्टि
समाचार

चीनमै फेरी नयाँ प्रकारको कोरोना संक्रमण पाइएको पुष्टि

  • नागरिक रैबार
चीनमै फेरी नयाँ प्रकारको कोरोना संक्रमण पाइएको पुष्टि

एजेन्सी । चीनभित्रै कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।

चीनभित्रै पनि यहाँका नागरिकमा सङ्क्रमणका थप व्यक्ति भेटिएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार बिहीबार मात्र चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो ।

विज्ञापन

चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो ।

यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ । हेबेइ, ग्वांगोग र जिलिनमा ती सङ्क्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।
चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा सङ्क्रमितहरु बढेको पाइएको छ । यसबाट यस क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै