होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • गगन थापाको अनुभव : निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ
राजनीति

गगन थापाको अनुभव : निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ

  • नागरिक रैबार
गगन थापाको अनुभव : निवार्चन आएपछि हारिएला भन्ने डर हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आएपछि हारिएला कि भन्ने डर हुने गरेको बताएका छन् । बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको कार्यक्रममा चुनावी अनुभव सुनाउँदै चुनावमा जित/हार दुवै हुने भए पनि आफूलाई हारिएला कि भन्ने डरले बढी सताउने गरेको बताए ।

उनले विद्यार्थीहरूलाई पनि परीक्षामा फेल भइएला कि भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरूलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए ।

‘एउटा चुनाव जित्यो । त्यसपछि खुशी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ,’ थापाले सुनाए, ‘…जिन्दगी नै यसरी जाने हो । तर बालबालिकाहरूलाई जित र हार हुन्छ । सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ । आफ्नो कर्म गर्ने हो । तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ । तर कर्म भने गर्दै जानुपर्छ ।’

विज्ञापन

कार्यक्रममा विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामा नै पुस्तकालयको विकास गर्ने गरी काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौता समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार