होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजदेखि धनगढी–पोखरा उडान
समाचार

आजदेखि धनगढी–पोखरा उडान

  • नागरिक रैबार
आजदेखि धनगढी–पोखरा उडान

धनगढी: आजदेखि कैलालीको धनगढीदेखि पोखरा उडान सुरु हुने भएको छ। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गर्न लागेको हो। आजदेखि सुरु हुने उडान सेवाको एक कार्यक्रमकाबीच उद्धघाटन गर्ने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरले धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाई उडान सुरु हुन लागेपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन्।

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) का सचिव पदम विक्रम सिंहले धेरै अनुरोधपछि बुद्धले पोखरा–धनगढी उडान भर्न लागेको भन्दै खुशी व्यक्त गरे। उनका अनुसार नाटाले आज धनगढी आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम पनि राखेको छ। धनगढी विमानस्थलबाट अहिले धनगढी–काठमाडौं र प्रदेशको अछाम, डोटी, बाजुरा र बझाङमा विमान उडान हुँदै आएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार