नागरिक रैबार/बाजुरा १८ बैशाख।नेकपा एमाले बुढीनन्दा नगर कमिटीले चुनावी घरदैलो अभियान सुरु गरेको छ ।नेकपा एमाले बुढीनन्दा नगर कमिटीले चुनावी घरदैलो अभियान नगरपालिकाको वडा नं. १ बाट सुरु गरेको हो ।
यस अघि नगरका १० वटै वडाका मतदातासंग प्रत्येक्ष साक्षात्कार गरिसकेको एमाले बुढीनन्दा नगर कमिटीले आजबाट पुनः घरदैलो अभियान सुरु गरेको हो । १ नं. वडाबाट सूरु भएको घरदैलो अभियान १० नम्वर वडामा गएर टुंगिने भएको छ ।
नगरका १० वटै वडाका अध्यक्ष वडामा र मेयर उपमेयरका उम्मेदवारहरु सवै वडाका मतदाताहरुको घरघर र टोलटोलमा पुग्ने गरी आजबाट चुनावी घरदैलो अभियान सूरु गरेको नगर कमिटीले बताएको छ ।
बुढीनन्दा नगरपालिकामा एमालेबाट नगर प्रमुखका उम्मेदवार जनक बोहरा र उपमेयरमा स्वतन्त्र तर्फका उम्मेदवार रामबहादुर बोहरा सहित एमाले केन्द्रिय सदस्य सहदेव बोगटी, सुदूरपश्चिम प्रदेश उपसचिव एंव प्रदेश सभा सदस्य बल्देव रेग्मी, एमाले नेता पेम्वा गुरुङ्गसहीतको टोली आजबाट घरदैलोमा निस्किएका हुन्छ।
एमाले यस अघि ०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मतले नगरमा पराजित भएको थियो । यस अघि नगरमा पराजित बनेको एमाले यस पटक भने नगरपालिकामा एमालेको बहुमतको सरकार स्थापित गर्ने गरी लागेको देखिन्छ । नेपाली काँग्रेस प्रदेश (क) क्षेत्रीय सभापति रामबहादुर बोहरा एमालेमा प्रवेश गरेसंगै एमालेलाई नगरपालिकामा विजयी बन्न थप सहज भएको एमाले बुढीनन्दा नगर कमिटीले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु