अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु