होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीम रावललाई धक्का, सुदूरपश्चिममा बहुमत एमाले सांसदले नेकपा एस रोजे
समाचार

भीम रावललाई धक्का, सुदूरपश्चिममा बहुमत एमाले सांसदले नेकपा एस रोजे

  • नागरिक रैबार
भीम रावललाई धक्का, सुदूरपश्चिममा बहुमत एमाले सांसदले नेकपा एस रोजे

काठमाडौं, १५ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशमा धक्का लागेको छ । उनी पक्षधर सांसदहरुले नै नेकपा एकीकृत समाजवादी रोजेपछि धक्का लागेको हो ।

नेकपा एमालेमा रहँदा माधव नेपाल पक्षमा खुलेका १८ जनामध्ये १३ जनाले नेकपा एस रोजेका छन् । जसमध्ये प्रदेशमा मन्त्री भएकाहरु पनि छन् । नेकपा एमालेमा २५ सांसद रहेकोमा बहुमत माधव नेपाल पक्षमा गएका छन् ।

मन्त्रीहरुमा दीर्घबहादुर सोडारी, पूर्णा जोशी राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज, मनाकुमारी साउद, पूर्वमन्त्री माया भट्ट, नेकपा एमालेमा रहँदा प्रमुख सचेतक दुर्गा कुमारी कामी, सांसदहरु तारा लामा तामाङ, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशिला बुढाथोकीले नेकपा एस रोजेका छन् ।

संसदीय दलका नेता प्रकाशबहादुर शाह भने एमालेमै रहने भएका छन् । उनी भीम रावलका विश्वासपात्र मानिन्छन् । पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवर एमालेमै रहेका छन् ।

पठानसिंह बोहरा, रतन थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली विगतमा पनि एमालेको ओली समूहमै थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै