होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • अदालत पार्टी मिलाउने–फुटाउने थलो होइन भन्ने कुरा ओलीले बुझ्नुपर्छ : अधिवक्ता भट्टराई
राजनीति

अदालत पार्टी मिलाउने–फुटाउने थलो होइन भन्ने कुरा ओलीले बुझ्नुपर्छ : अधिवक्ता भट्टराई

  • नागरिक रैबार
अदालत पार्टी मिलाउने–फुटाउने थलो होइन भन्ने कुरा ओलीले बुझ्नुपर्छ : अधिवक्ता भट्टराई

काठमाडौं । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनरावलोकनका लागि अदालत जानु स्वभाविक रहेको बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले आफूसँग सम्बन्धित मुद्धाको फैसला चित्त नबुझेपछि ‘प्रचण्ड’ पुनरावलोकनमा जानु कानुनअनुरुप नै भएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले प्रशस्त आधार र प्रमाण भएकाले सर्वोच्चको फैसला पुनरावलोकन हुनेमा बिश्वास व्यक्त गर्नुभएको छ ।

अदालत पार्टी मिलाउने र फुटाउने थलो होईन भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले बुझ्नुपर्ने अधिवक्ता भट्टराईले बताउनुभयो ।

सर्वोच्च अदालतले दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मान्यता खारेज गरेको थियो । सर्वोच्चले नेकपालाई पुर्व माओवादी र एमालेमा फर्काउने फैसला गत फागुन २३ गते सुनाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि