होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाम बस दुर्घटना: मृतकको सनाखत, ३६ जना घाइते
समाचार

अछाम बस दुर्घटना: मृतकको सनाखत, ३६ जना घाइते

  • नागरिक रैबार
अछाम बस दुर्घटना: मृतकको सनाखत, ३६ जना घाइते

धनगढी: मंगलबार अपरान्ह अछाममा भएको बस दुर्घटनाका मृतकको पहिचान खुलेको छ। मृत्यु हुने मा अछामको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेको सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका इन्सपेक्टर राजेन्द्रबहादुर सिंहले बताए।

धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। बस सडकभन्दा १० मिटर तले खसेको थियो। बसमा सवार अन्य ३६ जना घाइते भएको ट्राफिक कार्यालयले जनाएको छ।

विज्ञापन

घाइतेको स्थानीय अस्पतलामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार