होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगर प्रमुखले लापरवाही गरेकाे भन्दै त्रिवेणीका जनप्रतिनिधि उत्रिए आन्दोलनमा
समाचार

नगर प्रमुखले लापरवाही गरेकाे भन्दै त्रिवेणीका जनप्रतिनिधि उत्रिए आन्दोलनमा

  • नागरिक रैबार
नगर प्रमुखले लापरवाही गरेकाे भन्दै त्रिवेणीका जनप्रतिनिधि उत्रिए आन्दोलनमा

नागरिक रैबार/बाजुरा १२ कार्तिक। त्रिवेणी नगरपालिकाका जनप्रतिनिधिहरू नगर-प्रमुख रामसिंह रावलका विरूद्व आन्दोलनमा उत्रिएका छन् ।
नगर प्रमुख रामसिहं रावलले नगरपालिकाकाे रकममा व्यापक लापरबाही गरेकाे भन्दै जनप्रतिनिधिले नगर प्रमुखलाई शुक्रबार प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका छन । असार ७ गते देखि स्थगित भएको नगरसभा संचालन गर्न पटक पटक माग गर्दा पनि अस्विकार गरेको भन्दै सबै वडा अध्यक्ष र नगरसभाका सदस्यहरु लगायत २७ जनाको हस्ताक्षेर सहित ज्ञापन पत्र बुझाएका छन ।
नगरपालिकामा काग्रेसको अधिबेशन आएको र पछि नगर सभा गरौला भन्दै नगर प्रमुख रामसिहं रावलले नगरपालिकाको सबै पैशा अधिबेशनमा खर्च गरेकोले हाल सम्म पनि नगरसभा संचालन नगरेको वडा अध्यक्ष प्रेम थापाले आरोप लगाएका छन ।
नगरपालिकाले यो आर्थिक बर्षमा १४ करोड बिनियोजन गर्नुपर्नेमा १३ करोड रुपैया अघिल्लो बर्षको दाइत्व बुझाउनु पर्ने भन्दै आलटाल गरेको जनप्रतिनिधिहरुले बताएका छन । अहिलेको अबस्थामा कर्मचारीहरुले तलव पाउन समेत समस्या छ यता शिक्षकहरु पनि आन्दोलनमा रहेको बेला मेयर नै नगरपालिका छोडेर भागेको आरोप लगाएका छन ।
बिहिबार देखी संचालन भएको नगर सभाको कार्यक्रम अधुरै छोडेर मेयर भागेको वडाअध्यक्षहरुले आरोप लगाएका छन । नगरसभामा सबै समान किसिमले बजेट बिनियोजन गरौ भन्दा मेयर रावल नगर सभाका सदस्यहरु माथी खनिए र आज नगर सभामै नबसेर नगर सभाको निणर्य पुस्तिका समेत लगेर भागेको त्रिबेणी नगरपालिकाका प्रबक्त तथा वडा अध्यक्ष प्रेम थापाले बताएका छन ।
इसिडीका शिक्षिकाहरुले दशै तिहार जान लाग्दा पनि तलव नपाएको भन्दै आन्दोलन गर्न थालेका स्थानीयले बताएका छन । मेयर रामसिहं रावल हालै सम्पन्न नेपाली काँग्रेस बाजुराको अधिबेशनमा हुमीएका कारण बजेट बिनियोजनमा ढिलाई भएको उप-मेयर राधिका सुनारले बताएकी छन ।
यता नगरप्रमुख रामसिहं रावलले भने हालै सम्पन्न नेपाली काँग्रेसको अधिबेशनमा पराजितहरूको समुहले आफुमाथि झुटाे आराेप लगाएकाे दावी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार