नागरिक रैबार/बाजुरा १२ कार्तिक। तेस्रो पदम खत्री स्मृति खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सव आजबाट सूरु भएको छ । पदम खत्री स्मृति प्रतिष्ठानको आयोजनामा उक्त प्रतियोगीता आजबाट त्रिवेणी नगरपालिकाको वडा नम्बर ९ पैमामा सूरु भएको हाे । प्रतियोगिताको एक कार्यक्रमका विच नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलले उद्घाट्न गरेका छन् ।
पदम खत्री स्मृति प्रतिष्ठानका अध्यक्ष अमर खत्रीको अध्यक्षतामा सुरु भएको कार्यक्रम ३ दिन सम्म हुने भएको छ । कार्यक्रममा खुला भलिवल प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ७१ हजार १११ ट्रफी मेडल र प्रमाण–पत्र,द्धितिय हुनेलाई ३५ हजार १११ ट्र,मेडल र प्रमाण–पत्र र उत्कृष्ठ हुने खेलाडीलाई ५ हजार १११ ट्रफी मेडल र प्रमाण–पत्र पुरस्कार रहेको आयोजकले जनाएको छ ।
आजबाट सूरु भएको प्रतियोगिताको अन्तिमदिन भलिवल प्रतियोगिताका विजेतालाइ पुरस्कार वितरणसंगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति गर्ने आयोजकले बताएकाे छ ।
images
फेसबुक प्रतिक्रियाहरु