होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अस्पताल र आफन्तकाे सहमतिपछि उठाइयो कल्पनाको शव
समाचार

अस्पताल र आफन्तकाे सहमतिपछि उठाइयो कल्पनाको शव

  • नागरिक रैबार
अस्पताल र आफन्तकाे  सहमतिपछि उठाइयो कल्पनाको शव

धनगढीः आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव आफन्तले बुझेका छन्। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो।

उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि रक्तस्राव भएको अस्पतालले जनाएको थियो। तर आफन्तले दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका थिए।

मंगलबार अपराह्न भने अस्पताल र आफन्तबीच सहमति जुटेको छ। अस्पतालले क्षतिपूर्ति दिने, शिशुको भरणपोषण गर्ने र मृतकको नाममा प्रतिष्ठान स्थापना गर्न सहमत भएपछि शव उठाइएको मृतक कल्पनाका देवर दीपेन्द्र मल्लले बताए। ‘उहाँहरुले हाम्रो माग पुरा गर्छौ भनेपछि शव उठाएर अन्त्येष्टिका लागि धनगढीको बडहरामा ल्याइएको छ’ उनले भने।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार