होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज
मनोरञ्जन

‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज

  • नागरिक रैबार
‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज

हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओटीटी प्लेटफर्मबाट रिलिज भएको छ । धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो । यो चलचित्रमा सिताराम, कुञ्जनाको साथमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बादलिप राई, सुमन कार्की, सुमन कोइराला लगायतको अभिनय छ ।

चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको छ । धुर्मुस र सुन्तलीले पहिलो चरणको लकडाउनपछि चितवनका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरेका थिए । २ घन्टा लामो यो चलचित्रलाई ओहो मुभिज एप डाउनलोड गरेर केही रकम तिरेर हेर्न सकिनेछ ।

कलाकार तथा निर्देशक सितारामले भने–‘दर्शकलाई हामीले पूर्ण मनोरञ्जन दिने कोशिशका साथ यो चलचित्र निर्माण गरेका छौं । हामीलाई दर्शकले जुन चरित्रमा रुचाउनुभएको छ, सोही चरित्रमा नै यो चलचित्रमा हेर्न सक्नुहुनेछ ।’

विज्ञापन

कोरोना महामारीका कारण विगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र शुन्य जस्तै छ । तर, थुप्रै चलचित्रका निर्माताले भने ओटीटीबाट चलचित्र प्रदर्शन गर्ने हिम्मत गर्न सकेका छैनन् । सिताराम र उनको टिमले भने नयाँ ओटीटी प्लेटफर्मबाट यो चलचित्र रिलिज गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार