होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका पाँच पालिकामा स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने
समाचार

बाजुराका पाँच पालिकामा स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने

  • नागरिक रैबार
बाजुराका पाँच पालिकामा स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने

नागरिक रैबार
बाजुरा १० मंसिर । बाजुराका पाँच स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा मेरी स्टोप नेपालको सहयोगमा जिल्लाका पाँच पालिकामा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुरा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

प्रमुख पन्तका अनुशार मंसिर १५ गतेदेखि २३ गतेसम्म परिवार नियोजनको स्थायी (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण शिविर हुने बताए । जसमा मंसिर १५, १६ र १७ गते बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, मंसिर १९ गते गौमुल गाउँपालिकाको कोभिड अस्पताल घट्मुनामा संचालन हुने भएको प्रमख पन्तको भनाई छ ।

त्यसै गरि मंसिर २१ गते बिवेणी नगरपालिकाको कोभिड अस्पतालमा, मंसिर २२ गते बुढीगंगा नगरपालिकाको टाटे स्वास्थ्य चौकी र मंसिर २३ गते बडीमालिका नगरपालिकास्थि जिल्ला अस्पतालमा शिविर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

महिलाहरुले बन्ध्याकरण गर्न आउँदा खाली पेट र एक जना सहयोगी साथमा ल्याउनुपर्ने छ । स्थायी बन्ध्याकरणमा पुरुषहरुका लागि भ्यासेम्टोमी र महिलाहरुका लागि मिनिल्याप सेवा सञ्चालन हुने जनाएको छ ।
Open photo

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार