होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एमाले उपाध्यक्ष वामदेव गौतमको घोषणा : बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु
Breaking News

एमाले उपाध्यक्ष वामदेव गौतमको घोषणा : बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु

  • नागरिक रैबार
एमाले उपाध्यक्ष वामदेव गौतमको घोषणा : बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

 

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले  भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।’

गौतम आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् ।

अब गौतमले के गर्लान् ?

एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । अब आफ्नै ढङ्गले अघि बढ्ने गौतमले  बताए ।

एमाले उपाध्यक्ष गौतमले एमाले विभाजन नहुँदै फरक सङ्गठनात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । ‘म अब आफ्नै ढङ्गले अघि बढ्छु’, गौतमको भनाइ छ ।

तपाईंले राजीनामा दिनुअघि आजै तपाईंमाथि कारवाही भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा गौतमले ‘कारवाही गरे झन् राम्रो हुने’ प्रतिक्रिया दिए । उनले भने, ‘कारवाही गरे त झन् राम्रो नि । गरुन् न !’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार