होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एक वर्षमै फुटको अवस्था आउनु दुःखद् : राजेन्द्र महतो
राजनीति

एक वर्षमै फुटको अवस्था आउनु दुःखद् : राजेन्द्र महतो

  • नागरिक रैबार
एक वर्षमै फुटको अवस्था आउनु दुःखद् : राजेन्द्र महतो

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद् भएको बताएका छन् ।

आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं ।’

 

उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको, तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको उनको आरोप छ । महतो निकट केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु समेत उपेन्द्र यादवतिर लागेका छन् ।

महतोले पद जोगाउन गएको बताए । उनले भने, ‘पद रक्षा गर्नुपर्ने मजबुरी होला । तर जुन मजबुरीका कारण यताउता गरेको छ, त्यो आज हो, भोलि रहँदैन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि