होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु
समाचार

भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु

  • नागरिक रैबार
भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जनाको मृत्यु

११ साउन, काठमाडौं । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ ।

हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटनालाई हृदयविदारक भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा राखिएको केही भिडियोमा पुललाई पहिरोले भत्काउनुभन्दा पहिला नै आसपासमा पार्क गरेर राखिएको गाडीलाई ढुङ्गाले लागेको देखिन्छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनामा आफन्त गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । मोदीले दुर्घटनामा ज्यान गुमाउनेलाई आवश्यक राहत उपलब्ध गराउने बताएका छन् ।

हिमाचल प्रदेशका मुख्यमन्त्री ठाकुरले पीडितलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । मृत्यु हुने आन्तरिक पर्यटकहरुमा केही राजधानी सहर दिल्लीका बासिन्दा रहेको समाचारमा उल्लेख छ ।

अहिलेसम्म के कारणले ढुङ्गा खसेको हो भन्ने स्पष्ट भइसकेको छैन । तर, भारी वषर्ा भएकाले पहिरोकै कारण ढुङ्गा खसेको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो केही दिनयता भारतमा बाढी पहिरोको प्रकोप बढ्दो क्रममा देखिएको छ । भारतको महाराष्ट्रमा पनि भारी वषर्ापछिको बाढी तथा पहिरोमा परी १३६ जनाको मृत्यु भएको छ ।

एजेन्सीहरुको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै