होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेकपा बाजुराको अध्यक्षमा रावल र सचिवमा विकलाई जिम्मेवारी
Breaking News

नेकपा बाजुराको अध्यक्षमा रावल र सचिवमा विकलाई जिम्मेवारी

  • नागरिक रैबार
नेकपा बाजुराको अध्यक्षमा रावल र सचिवमा विकलाई जिम्मेवारी

नागरिक रैबार/बाजुरा १३ माघ।नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराको अध्यक्षमा गगन रावल र सचिवमा रमेश विकलाई जिम्मेवारी दिईएको छ ।
नेकपा बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) ले कोल्टीमा आयोजना गरेको बृहत जनसभामा कार्यक्रमका प्रमुख अतिथि नेकपा स्थायी कमिटी सदस्य डाक्टर भिम रावलले नेकपा बाजुराको अध्यक्षमा रावल र सचिवमा रमेश विकलाई जिम्मेवारी दिने घोषणा गर्नुभएको छ ।
नेकपा बाजुराको अध्यक्षको जिम्मेवारी पाएका रावल यस अघि नेकपा बाजुराका कार्यालय सदस्यको जिम्मेवारीमा थिए भने सचिव विक स्वामीकार्तिक खापर गाउँपालिकाको ईन्चार्जको जिम्मेवारीमा रहेका थिए ।
नेकपा बाजुरामा यस अघि जिल्ला अध्यक्षमा काली बहादुर शाही र सचिवमा भरत बुढा रहेको भएपनि उनीहरु ओली समूहमा लागेकाले नेकपा बाजुराको अध्यक्षमा रावल र सचिवमा विकलाई जिम्मेवारी दिने घोषणा गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै