होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • लामखुट्टेले किन कोही मानिसलाई बढी टोक्दछ ? यस्तो छ वैज्ञानिक कारण
विचित्र संसार

लामखुट्टेले किन कोही मानिसलाई बढी टोक्दछ ? यस्तो छ वैज्ञानिक कारण

  • नागरिक रैबार
लामखुट्टेले किन कोही मानिसलाई बढी टोक्दछ ? यस्तो छ वैज्ञानिक कारण

एजेन्सी । कोही कोही मानिसलाई लामखुट्टेले टोकेर निकै सताउँछ । सँगै बसेका दुईजना मानिस मध्येमा पनि एक जनालाई लामखुट्टेले बढी टोकेको र अर्कोलाई कम टोकेको तपाईंले देख्नु भएकै छ होला । आखिर कोही मानिसलाई लामखुट्टेले बढी मन पराउनुको कारण के हो त ?

वास्तवमा लामखुट्टेले मान्छे कहाँ छ ? भन्ने पत्ता लगाउनका लागि हामीले स्वास फेर्दा फ्याँक्ने कार्बन डाइअक्साइडको सहारा लिन्छ । करीब १० देखि ५० मिटरसम्म टाढा रहेको लामखुट्टेले मान्छेले फ्याँक्ने कार्बनडाइअक्साइडकै माध्यमबाट मान्छेलाई पत्ता लगाउँदछ र खोज्दै मान्छेको नजिक आउँदछ ।

त्यसरी आउने क्रममा ५ देखि १५ मिटरको दूरीसम्म आइपुगेपछि लामखुट्टेले मानिसलाई बल्ल देख्न थाल्दछ । मानिसको नजिकै पुग्नका लागि बल्ल उसले आफ्नो दृष्टिको प्रयोग गर्दछ । जब लामखुट्टै हाम्रो शरीरको निकै नजिक पुग्दछ शरीरको तापक्रमको न्यानोपन अनुभव गरी टोक्ने वा नटोक्ने कुराको निश्चित गर्दछ ।

विज्ञापन

आखिर लामखुट्टेले किन कोही मानिसलाई धेरै र कोही मानिसलाई कम टोक्दछ ? यसको एउटा महत्वपूर्ण जैवीक कारण छ ।

जुन मानिसको शरीर भित्र धेरै मात्रामा ल्याक्टिक एसिड नामक रसायन उत्पादन हुन्छ त्यस्ता मानिसलाई लामखुट्टेले धेरै मन पराउँदछ । कतिपय वैज्ञानिकहरुका अनुसार ओ ब्लड ग्रुप भएका मानिसहरुलाई पनि लामखुट्टेले धेरै आफ्नो सिकार बनाउँदछ ।

यतिमात्र होइन व्यक्तिको शारीरिक ढाँचा र क्रियाकलापका आधारमा पनि लामखुट्टे मानिसलाई टोक्नका लागि आकर्षित हुने गर्दछ । मोटो जिउडाल तथा कम शारीरिक गतिविधि गर्ने मानिसहरुलाई लामखुट्टेले बढी टोक्ने गरेको पाइएको जानकारहरु बताउँछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार