होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेसको मतगणनास्थलमा ढुङ्गामुढा प्रहार
समाचार

काँग्रेसको मतगणनास्थलमा ढुङ्गामुढा प्रहार

  • नागरिक रैबार
काँग्रेसको मतगणनास्थलमा ढुङ्गामुढा प्रहार

धनगढी : कैलालीमा काँग्रेसको मतगणनास्थलमा ढुङ्गामुढा गरिएको छ। जिल्लाको अत्तरियास्थित पूर्वरोडमा रहेको प्रतिभा पुस्तकालयमा ढुङ्गामुढा गरिएको हो।

प्रतिभा पुस्तकालयमा कैलाली क्षेत्र नम्बर ४ को महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिका लागि भएको मतदानको गणना भइरहेको थियो।

मतगणनाको विवाद भएपछि पुस्तकालयको झ्यालमा ढुङ्गा प्रहार गरिएको हो। ढुङ्गा प्रहारबाट झ्यालका सिसा फुटेका छन्। खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि चुनाव भएकोमा ९ जना छनोट भए पनि १० औं प्रतिनिधिमा तीन जनाको समान मत आएपछि विवाद भएको हो।

विज्ञापन

केही काँग्रेसका नेताले गणनामा बद्मासी भएको आरोप लगाएका छन्। प्रहरीले मुचुल्का नै नउठाई मतपेटीका लगेको पनि आरोप लागेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै