होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एमाले बाजुराको पूर्ण बैठकका निणर्यहरु यस्ता छन् !
समाचार

नेकपा एमाले बाजुराको पूर्ण बैठकका निणर्यहरु यस्ता छन् !

  • नागरिक रैबार
नेकपा एमाले बाजुराको पूर्ण बैठकका निणर्यहरु यस्ता छन् !

नागरिक रैबार/बाजुरा ८ भदौ। !नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार बसेको पूर्ण बैठक सम्पन्न भएको छ ।नेकपा बिभाजन भएपछि पहिलो पटक औपचारिक रुपमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले आयोजना गरेको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन तथा अध्ययन, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण र वडा/गाउँपालिका/नगरपालिका बैठक तथा अधिवेशन गर्ने सम्वन्धि निर्णयहरु गर्दै बैठक सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् ।

एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा संचालन भएको बैठकमा एमाले पोलिटव्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, एमाले केन्द्रिय सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य बलदेव रेग्मी लगायत जिल्ला कमिटिका नेताहरु सहभागि भएका थिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समसामयिक बिषयमा छलफलसंगै जिल्ला कमिटीका नेताहरुलाई प्रशिक्षण समेत गरेर सम्पन्न भएको एमाले बाजुराले जनाएको छ ।

विज्ञापन

त्यसै गरी बैठकले जिल्लाका ९ वटा स्थानीय तहहरु मध्ये स्वामिकार्तिक गाउँपालिका, बुढीनन्दा नगरपालिका, बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकामा भूगोल इञ्चार्जको जिम्मेवारी हेरफेर गरिएको गरिएको छ । जसमा स्वामिकार्तिक गाउँपालिका लोकजंग हमाल, बुढीनन्दा नगरपालिका राजन रोकाया, बडीमालिका नगरपालिका अमरबहादुर खड्का र त्रिवेणी नगरपालिका विष्णु ऐडी जिम्मेवारी दिएको छ ।
निर्णयहरु हेर्न यो लिकमा जानुहोस ।

cpnuml

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै