होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा अवैध सम्बन्धबाट शिशु जन्मियो, आमाले घाँटी निमोठेर हत्या गरिन्
समाचार

बैतडीमा अवैध सम्बन्धबाट शिशु जन्मियो, आमाले घाँटी निमोठेर हत्या गरिन्

  • नागरिक रैबार
बैतडीमा अवैध सम्बन्धबाट शिशु जन्मियो, आमाले घाँटी निमोठेर हत्या गरिन्

धनगढी: बैतडीमा अवैध सम्बन्धबाट शिशु जन्माएकी एक आमाले शिशुको हत्या गरेकी छिन्। जिल्लाको डिलाशैनी गाउँपालिका-७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन्।

प्रहरीका अनुसार अवैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुको माधवीले घाँटी निमोठेर हत्या गरेकी हुन्। उनले आइतबार बिहान घर नजिकैको मकैबारीमा शिशु जन्माएकी र जन्मिनासाथ शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।
माधवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज अदालतबाट म्याद थप गरेर उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिने प्रहरी निरीक्षक शाहीले बताए। वैदेशिक रोजगारमा गएका माधवीका श्रीमान बेपत्ता रहेका प्रहरीले बताएको छ। उनको गाउँकै १७ वर्षीय किशोरसंग अवैध सम्बन्ध रहेको बताइएको छ। महिला स्वास्थ्य स्वयं सेविका समेत रहेकी माधवीका एक १३ वर्षीय छोरा छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार