होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपी ओलीले कुर्सीका लागि राष्ट्रिय अस्मितामा सम्झौता गर्नुभयो : भिम रावल
समाचार

केपी ओलीले कुर्सीका लागि राष्ट्रिय अस्मितामा सम्झौता गर्नुभयो : भिम रावल

  • नागरिक रैबार
केपी ओलीले कुर्सीका लागि राष्ट्रिय अस्मितामा सम्झौता गर्नुभयो : भिम रावल

काठमाडाौं । नेकपा एमाले खनाल–नेपाल समूहका नेता डा. भिम रावलले प्रधानमन्त्री केपी ओलीले कुर्सीकै लागि राष्ट्रिय अस्मितासँग सम्झौता गरेको आरोप लगाएका छन् । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा नेता रावलले ओलीले महन्थ–राजेन्द्रसँग सम्झौता गरेर राष्ट्रको अस्मिता र स्वतन्त्रतामाथि धावा बोल्ने काम गरेको बताए ।

“प्रधानमन्त्री ओलीले निर्लज्ज भएर राष्ट्रको अस्मिता स्वतन्त्रतासँग जोडिएको विषयलाई आफ्नो कुर्सीसँग सम्झौता गर्नुभयो र महन्थ राजेन्द्रसँग आत्मसमर्पण गरेर नागरिकता अध्यादेश जारी गर्नुभयो,” रावलले भने, “कुर्सीकै लागि राष्ट्रिय अस्मितासँग सम्झौता गर्ने उहाँलाई सम्पूर्ण नेपाली जनताले स्पष्टीकरण लिनुपर्ने अवस्था छ ।”

विज्ञापन

राववले त्यस्तो व्यक्तिले सोधेको स्पष्टीकरणको जवाफ पनि नदिने बताए ।

“हामीले पार्टी एकताका लागि निरन्तर प्रयत्न गर्‍यौँ । उहाँले हामीलाई शरण पर्नुपर्छ भनिरहनुभयो,” रावलले भने, “सडकबाट टिपेर केन्द्रीय सदस्य बनाउनुभयो । नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र एमाले निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई पार्टीबाट निकाल्ने काम गर्नुभयो ।”

उनले आफूहरूले दुईवटा प्रस्ताव राख्दा सहमत भए भन्दै पुन पार्टी फुटाउने रणनीतिमा क्रियाशील भएको बताए ।

“हामीले दुईवटा कुरा गर्नुस् कार्यादल चाहिदैन भनेका थियौ । सर्बोच्चको आदेश अनुसार २०७५ जेठ २ बाट सुरु गरौ, दोस्रो फागुन २८ का मनपरी निर्णय खारेज गरौ – कार्यदल चाहिदैन भनेका हौ । उहाँले सैद्धान्तिक रुपमा म सहमत भए भन्नभयो,” रावलले भने, “तर एउटा वैधानिक सहमति र प्रस्तावबाटै काम गरौ भनेर कार्यदल बनाउनुभएको थियो । अब त्यसको औचित्य देखिदैन ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि