होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छिमेकी देशमा कोरोना लहर बढ्यो, सतर्कता अपनाउन सरकारलाई सुझाव
समाचार

छिमेकी देशमा कोरोना लहर बढ्यो, सतर्कता अपनाउन सरकारलाई सुझाव

  • नागरिक रैबार
छिमेकी देशमा कोरोना लहर बढ्यो, सतर्कता अपनाउन  सरकारलाई सुझाव

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत रहेको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले छिमेकी देशहरूमा कोभिडको दोस्रो लहर देखापरेको भन्दै आवश्यक सतर्कता अपनाउन सरकारलाई सुझाव दिएको छ । बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा समितिले गठन गरेको उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन दिँदै १८ बुँदे सुझाव प्रस्तुत गरेका छन् ।

गत भदौ १९ गते समितिले श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न उपसमिति गठन गरेको थियो । भर्चुअल बैठक र स्थलगत रूपमा विभिन्न स्थानमा पुगेर अवलोकन गरि उपसमितिले विभिन्न सुझाव प्रस्तुत गरेको हो ।

उपसमितिले खुला बोर्डर भएका स्थानहरूमा संक्रामक लगायतका रोगहरूको चेकजाँच गर्न स्थायी स्वास्थ्य केन्द्रको व्यवस्था गर्न भनेको छ । यस्तै प्रादेशिक तथा जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु लगायतका सेवाहरू प्रदान गर्नेगरि सुविधासम्पन्न बनाउनुपर्ने, संक्रामक रोगको उपचार, रोकथाम र नियन्त्रणका लागि विद्यमान कानुनहरू अपुग भएको भन्दै तीन तहको राज्यको संरचनालाई ध्यान दिई सो सम्बन्धि छुट्टै ऐन ल्याउन सुझाव दिएको छ ।
समितिमा वितरण गरिएको प्रतिवेदन अध्ययन गरि अर्को बैठकमा सांसदहरूले थप सुझाव दिने भएका छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै