होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकारकाे क्षमता विकासका लागि स्वामिकार्तिक गाउँपालिकामा अभिमुखिकरण
समाचार

पत्रकारकाे क्षमता विकासका लागि स्वामिकार्तिक गाउँपालिकामा अभिमुखिकरण

  • नागरिक रैबार
पत्रकारकाे क्षमता विकासका लागि स्वामिकार्तिक गाउँपालिकामा अभिमुखिकरण
फाेटा स्वामीकार्तिक खापर गाउँपालिकाबाट
 नागरिक रैबार ।
बाजुरा १२ फागुन ।
बाजुराका पत्रकारहरूकाे क्षमता विकासका लागि १ दिने अभिमुखिकरण कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा सूरू भएकाे छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशकाे प्रदेश समितिकाे अायाेजना तथा स्वामिकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाकाे सहकार्यमा उक्त अभिमुखिकरण कार्यक्रम सूरू गरिएकाे हाे ।
बाजुराका पत्रकारकाे क्षमता विकास गर्ने उद्वेश्यका साथ पहिलोपटक स्वामिकार्तिक गाउँपालिकाकाे सभाहलमा सूरू गरिएकाे हाे । सुदूरपश्चिम पत्रकार महासंघका अध्यक्ष अर्जुन शाहकाे अध्यक्षतामा सूरू गरिएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही रहेका छन् ।
अभिमुखिकरण कार्यक्रमलाई वरिष्ठ पत्रकार धर्वेन्द्र झा, हरि थापा, नेपाल प्रेस संगठन सुदूरपश्चिम प्रदेशका संयाेजक नवराज भण्डारी लगायतले प्रशिक्षण गर्ने भएका छन् । कार्यक्रममा जिल्लाभरका ४० बढि क्रियाशिल पत्रकारहरूकाे सहभागिता रहेकाे छ । कार्यक्रमकाे संचालन रेडियाे बुढिनन्दाका स्टेसन म्यानेजर नहकुल जाेशिले गरिरहेका छन् ।
Seen by Madan

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै