होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चेल्सी इएफएल कपको चौथो चरणमा प्रवेश
समाचार

चेल्सी इएफएल कपको चौथो चरणमा प्रवेश

  • नागरिक रैबार
चेल्सी इएफएल कपको चौथो चरणमा प्रवेश

काठमाण्डौः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी इएफएल कपको चौथो चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। चेल्सीको घरेलु मैदानमा भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको थियो।

चेल्सीका रोमेलु लुकाकु, मासन माउन्ट, रोस बार्क्ली र रिस जेम्सले गोल गरे भने, बेन चिलवेलको प्रहार बारमा लागेर फर्किएको थियो। त्यस्तै एस्टन भिल्लाका लागि अनवर एल घाजी, इजरी कोन्सा र इमिलियानो बुएन्डियाले मात्रै गोल गर्न सके। खेलको ५४ औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, त्यसको १० मिनेटपछि नै क्यामरुन आर्चरले एस्टनभिल्लालाई बराबरीमा ल्याए। चेल्सीले क्वाटरफाइनलमा प्रवेशका लागि साउथह्याम्टनसँग खेल्नेछ।

त्यस्तै बुधबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरिएको छ। खेलमा वेस्ट ह्यामसँग १–० ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै