होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीलाई माधव नेपालको सन्देशः लडाइँको मैदान छाड्दिनँ, पार्टी पनि फुटाउँदिनँ
राजनीति

ओलीलाई माधव नेपालको सन्देशः लडाइँको मैदान छाड्दिनँ, पार्टी पनि फुटाउँदिनँ

  • नागरिक रैबार
ओलीलाई माधव नेपालको सन्देशः लडाइँको मैदान छाड्दिनँ, पार्टी पनि फुटाउँदिनँ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिएका छन् । उनले आफू पार्टीमा विकसित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्तालाई पनि उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा खटिन आग्रह गरे ।

मंगलबार आफू निकट अनेरास्ववियुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले कुनैपनि काममा सफलता पाउन इमान्दारीता र समपर्णभाव आवश्यक रहेको भन्दै आफू त्यसको पक्षमा रहेपनि अध्यक्ष ओली त्यसविपरीत हिँडेको र कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनको दिशामा लगिरहेका बताए ।

‘केपी ओलीको भ्रमबाट मुक्त हुनुपर्छ । उनी कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनतर्फ लाँदैछन् । तर हामी पार्टी फुटाउँदैनौँ, मैदान पनि छोड्दैनौ । पार्टी फुटाउने केपी अ‍ोली हुन्’, नेपालको दावी छ ।

उनले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विद्यार्थीहरुलाई पढ्नु हुदैन भनेर सिकाउने गरेको पनि बताए ।

उनले आफ्नो पक्ष र केपी ओलीबीच खराव र असल छुट्याउन आग्रह गरे ।

उनले केपी ओलीले खराव कुरामात्र सिकाउने गरेको भन्दै आफूहरुले असल कुरा सिकाउने गरेको बताए ।

‘कमजोरी हटाउन नसक्नेले राम्रो कुरा ग्रहण गर्न सक्दैन । हामी र केपी ओलीबीच फरक यही छ । केपी ओलीले विद्यार्थीले पढ्नु हुँदैन । हामी पढ्नुपर्छ भनेर सिकाउँछौँ । मिहिनेतका साथ अध्ययन गर्नेलाई हौसला पनि प्रदान गर्छौ’, नेता नेपालले भने, ‘ फरक भनेकै यही हो ।’

नेता नेपालले नेपालको राजनीतिमा पूर्वराजा ज्ञानेन्द्र राजादेखि गिरिजाप्रसाद कोइरालासँग समेत आफूले राजनीतिक सहमति गरेको फेहरिस्त सुनाउनै बाँकी रहेको बताए । उनले बाधा पन्छाउँदै नदी अघि बढे जसरी आफू अघि बढ्ने भन्दै आफू पछिल्लो अवस्थाबाट कुनै हालतमा विचलित नभएको बताए ।

केपी ओलीले राजावादीसँग साँठगाँठ गर्ने गरेको आरोप लगाउँदै नेपालले राजतन्त्र कुनै हालतमा फर्कन नदिने प्रतिवद्धता पनि जनाए । उनले राष्ट्रिय राजनीतिको नाडी समाउन नसक्ने पार्टीहरू इतिहासमा सीमित हुने भन्दै कतिपय देशमा कम्युनिस्ट पार्टीहरु पनि अवशान भएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि