होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • चुनावका लागि आयोगले गर्याे २८ प्रकारका सामग्री किन्न बोलपत्र आह्वान
Breaking News

चुनावका लागि आयोगले गर्याे २८ प्रकारका सामग्री किन्न बोलपत्र आह्वान

  • नागरिक रैबार
चुनावका लागि आयोगले गर्याे २८ प्रकारका सामग्री किन्न बोलपत्र आह्वान

काठमाडौं :  निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ।

आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्नका लागि बोलपत्र आह्वान गरेको हो । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २५ करोड मध्येका  २८ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरिएको बताए। श्रेेष्ठका अनुसार चुनावमा विभिन्न ३६ प्रकारमा सामग्री चाहिन्छ।  ति सामग्री खरिदका लागि आयोगले २५ करोड छुट्टाएको छ। ति बाहेक जिल्लामा उपलब्ध हुने सामग्री भने जिल्ला निर्वाचन आयोगले नै खरिद गर्न सक्ने छन्। त्यसका लागि भने छुट्टै बजेटको व्यवस्था गरिएकाे श्रेष्ठको भनाइ छ।

बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै