होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • केपी ओलीले संविधानको शक्ति थाहा पाए : दिनेश त्रिपाठी
राजनीति

केपी ओलीले संविधानको शक्ति थाहा पाए : दिनेश त्रिपाठी

अब केपी ओलीले राजनीतिबाट सदाका लागि सन्यास लिए हुन्छ’

  • नागरिक रैबार
केपी ओलीले संविधानको शक्ति थाहा पाए : दिनेश त्रिपाठी

८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले संसद विघटनपछिको मन्त्रिपरिषद विस्तार बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको शक्ति देखाइदिएको टिप्पणी गरेका छन् ।

सर्वोच्चको आदेशपछि कुरा गर्दै रिट निवेदकसमेत रहेका उनले भने, ‘सर्वोच्चको आदेशले प्रधानमन्त्रीको अधिनायकपन, अहंकार र घमण्डमा धक्का दियो । उनको दूषित मानसिकता चकनाचुर बनायो । सारमा भन्दा संविधानको शक्ति के हो केपी ओलीले थाहा पाए ।’

यो आदेशले संविधान बाँचेको सन्देश दिएको पनि त्रिपाठीले बताए । ‘देशभर यही सन्देश गएको छ, संविधान बाँच्यो । केपी ओलीले यो मुलुकमा संविधान छ भन्ने हेक्का राख्नुभएको थिएन । सर्वोच्चले त्यो हेक्का गराइदिएको छ’ उनले भने, ‘सर्वोच्च अदालतले आज आफ्नो सर्वोच्चता र संविधानको सर्वोच्चता स्थापित गरेको छ ।’

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाले संसद विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद विस्तार बदर गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले अब राजनीतिबाट सदाका लागि सन्यास लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

‘अब केपी ओलीले आजीवन राजनीति नगर्ने भनी सन्यास लिए हुन्छ । उहाँको उपस्थितिले लोकतन्त्र र संविधानमाथि खतरा पर्ने रहेछ । त्यसकारण उहाँले राजनीतिबाट सदाका लागि सन्यास लिए हुन्छ’ उनले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि