होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा अझै पीडित छन् महिला
Breaking News

सुदूरपश्चिममा अझै पीडित छन् महिला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा अझै पीडित छन् महिला

यहाँको भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको सुदूरपश्चिम क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरुले भने यो सुन्दर पक्षलाई नै छायाँमा पारिदिएको महसुस हुने गर्दछ । विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविकि विविधता र बहु सांस्कृतिक परम्पराले सुदूरपश्चिम क्षेत्र निकै चर्चामा रहेपनि यहाँको सामाजमा व्याप्त छाउपडीलगायत महिला हिंसाका अरु अन्धविश्वासका कारण उत्तीकै मात्रामा बदनाम पनि हुन पुगेको छ ।

सरकारी संयन्त्र र सामाजिक संघसंस्थाहरुले जति नै प्रयास गरेपनि सुदूरपश्चिम प्रदेश भन्ने बित्तिकै अधिकांस नागरिकको दिमागमा छाउपडी प्रथा कायम रहेको क्षेत्रका रुपमा स्मरणमा आइहाल्छ । यो नहोस् पनि कसरी ? यीनै कुप्रथाका कारण यहाँका सयौँ महिलाले वर्षेनी अकालमै ज्यान गुमाउनुपरेको छ । यहाँ यस्ता वियोगका प्रसस्त उदाहरण भेटिन्छन् । कलकलाउँदो उमेरमा महिनावारी अर्थात् स्थानीय भाषामा छाउ भएपछि गोठमै बस्न बाध्य बनाइएका कारण यहाँका महिलाहरु मृत्युको मुखमा पुग्न बाध्य छन् । छाउपडी र त्यसमाथि अझै बोक्सीजस्ता अन्धविश्वासको जरो यो प्रदेशमा अझै उखेल्न सकिएको छैन । यीनै कुप्रथाहरुले अझै पनि यहाँका महिलाहरुको ज्यान लिइरहेको छ ।

यो प्रदेशको नौ जिल्लामध्ये सातवटा पहाडी जिल्लाका अधिकांस महिलाहरु छाउपडी प्रथाका कारण वर्षेनी मृत्युको शिकार हुन बाध्य भएका छन् । छाउपडी प्रथाका कारण वर्षेनी दर्जर्नौं महिला अकालमै ज्यान गुमाउन पनि बाध्य छन् । त्यसको खासै रोकथाम तथा उन्मुलन हुन सकेको छैन । यहाँका पहाडी जिल्लाहरुमा अहिले पनि विभन्न अन्धविश्वास कायमै रहेका कारण छाउपडी प्रथाको अन्त्य हुन सकेको छैन । अहिले पनि यसैकारण ठूलो सङ्ख्याका महिलाले वर्षेनी अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । महिलाको अकालमै छाउगोठमा ज्यान जाने गरेको छ ।

विज्ञापन

केही समय अघि मात्र पनि जिल्लाको पुर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया एक मिहलाको छाउगोठमा सुतिरहेको अवस्थामा ज्यान गयो । गोठमा हुने अत्यधिक जाडोका कारण राति आगो बालेर सुतेकाले आगलागीमा परेर उनको ज्यान गएको डोटी प्रहरीको अनुमान छ । त्यसैगरी छिमेकी जिल्ला अछाम रिडीकोटकी १६ वर्षीया शर्मिला भुलको पनि दुई वर्षअघि छाउपडी गोठमै मृत्यु भयो । गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन् । गोठभित्र धुवाँले निसास्सिएर मृत्यु भएको गाउँलेले अनुमान गरे पनि उनको पोष्टमार्टम भने गरिएन ।

त्यस्तै बाजुराको कोटिला खोयाकी १७ वर्षीया भावना मल्लको पनि गतवर्ष नै महिनावारी भएकै समयमा मृत्यु भयो । उनी पनि छाउगोठमै मृत अवस्थामा फेला परेकि थिइन् । राति खाना खाएर सुतेकी भावना बिहान मृत फेला परेकी हुन् । उनको पनि पोष्टमार्टमबिना नै दाहसंस्कार गरिएको थियो । महिनावारी भएका महिलालाई छुनु हुँदैन र उनीहरूलाई छोएमा नर्क गइन्छ भन्ने गलत मानसिकता तथा अन्धविस्वासका कारण पनि मृतकको पोष्टमार्टम नगरिएको स्थानीयबासीको भनाई छ ।

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । यीनै सामाजिक कुप्रथाका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका महिलाहरु सामाजिक हिंसामा पिल्सिन बाध्य भएका छन् । यहाँका महिलामाथि हुने सामाजिक हिंसाकै कारण मृत्युको मुखमा धकेलिने गरेको सो क्षेत्रमा काम गर्ने संघ संस्थाको भनाई छ । सामाजिक कुसंस्कारकै कारण महिला समाजका हरेक गतिविधिमा अगाडि जान नसक्नुका साथै अकालमै मृत्युको मुखमा पुग्न बाध्य हुने गरेको महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएकी डोटीकी सीता रायमाझीले बताए । “लैंगिक रूपमा पनि देशको अन्य क्षेत्रभन्दा सुदूरपश्चिममा पुरुष सरह महिलाले सामाजिक कार्यक्रममा खुलेर सहभागी हुन पाउँदैनन”,उनले भने, “जसले गर्दा महिलाले आफ्नो समस्या खुलेर राख्न पाउँदैनन् र मनमा गुम्साएर राख्न बाध्य छन् ।” रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै