होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा बाढीपहिरोः ३० जनाको मृत्यु, २४ बेपत्ता, १६ घाइते (नामसहित)
Breaking News

सुदूरपश्चिममा बाढीपहिरोः ३० जनाको मृत्यु, २४ बेपत्ता, १६ घाइते (नामसहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा बाढीपहिरोः ३० जनाको मृत्यु, २४ बेपत्ता, १६ घाइते (नामसहित)

धनगढीः सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। सबैभन्दा बढी डोटीमा १५, बझाङमा ८, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ।

पहिरोमा च्यापिएर प्रदेशमा २४ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। बझाङमा २१, कैलाली, बैतडी र डोटीमा एक÷एक जना बेपत्ता छन्।

बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको छ।

यस्तै बाढीपहिरोका कारण १६ जना घाइते भएका छन्। डोटीमा ११ जना, डडेल्धुरा र बैतडीमा २/२ र बझाङमा एक जना घाइचे भएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै