नागरिक रैबार/बाजुरा ५ भदौ। नेपाल सरकारका पूर्व उद्योगमन्त्री कर्णबहादुर थापा हातमा जुत्ता बोक्दै बल्दे–दवारीको पहिरोमा जोखिमपूर्ण पैदलयात्रा गदै गर्दाको तस्वीर सहितको समाचार नागरिक रैबारमा प्रकासित भएपछि बाजुरेली जनताले पनि यसरी नै जीउ हत्केलामा राखेर हिँड्न बाध्य भएको सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् ।
साँफे मार्तडी सडकको बल्दे देखि दवारी सम्मको सडक पहिरोको कारण भाषिएपछि स्थानीयहरुलाइ दैनिक आउजाउ गर्न समस्या छ । उसो त बाजुरेली जनताले वर्षातको समयमा सदरमुकाम मार्तडीबाटै गाडीमोटर चड्न पाउँदैनन् । वर्षातको ३ महिना ३ ठाउँमा गाडी चड्नु पर्ने बाध्यता विगतदेखिको समस्या छ ।
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका थापा नेकपा एमाले विभाजन पछि एमालेको जिल्ला कमिटी बाजुराको विस्तारित बैठकमा सहभागि हुन बल्दे-दवारी सडकमा जुत्ता खोलेर जोखिमपूर्ण पैदल यात्रा गरी सदरमुकाम मार्तडीमा आएका छन् ।
निरन्तरको वर्षासंगै सडकमाथिबाट खसेको पहिरोका कारण करिव ३ महिनादेखि अवरुद्ध बनेको साँफे–मार्तडी सडक खण्डको स्थलगत अनुगमनसहित बल्दे–दवारी सडकमा खसेको पहिरोमा अप्ठेरो बाटो छिचोल्दै जोखिम् पैदल यात्रा गरेर मार्तडी पुगेका नेता थापालाई बाजुराली जनताले सडकको स्तरोन्नतिका विषयमा विभिन्न गुनासोहरु सामाजिक सन्जाल मार्फत पोखेका छन् ।
जिल्लाबाट निर्वाचित भईसकेपछि प्रायः नेतृत्व तहका व्यक्तिहरु राजधानी केन्द्रित भएर जिल्लाबासीको पिडामा बेखबर जस्तै बनेको भन्दै जिल्लाबासीहरु आक्रोसित हुँदै आएका छन् । तर नेता थापा एकाएक एमाले पार्टी विभाजन पछि वर्षातको समयमा जोखिमपूर्ण पैदलयात्रा गर्दै मार्तडीमा आएपछि यहाँका नागरिकहरुले नेता थापाले साँफे मार्तडी सडककाे स्तरोन्नतिका लागि पहल गर्ने आशा राखेका छन् ।
सदरमुकाम मार्तडीमा पुग्नका लागि बल्दे दवारी सडकमा जोखिम पैदल यात्रा गरे नेता थापाले बाजुराकाे यस सडककाे विषयमा ध्यान केन्द्रित गर्न आवस्यक रहेको सरोकारवालाकाे भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु