नागरिक रैबार/बाजुरा ७ असार । बाजुरामा असार ८ गते भोलिदेखि निषेधाज्ञा खुकुलो पारिने भएको छ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बिहान ६ देखि अपरान्ह ६ बजेसम्म पसल तथा बजार खोल्न दिने निणर्य गरेको हो।
जिल्लामा कोरोना भाइरसको संक्रमणदर कम हँदै गएको भन्दै अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा खुकुलो पारिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।
अब मंगलबारबाट होटल, मदिरा र सैलुन बाहेकका पसलहरु खुला राख्न पाइने छ। जिल्लाभित्र सवारी साधन सञ्चालन गर्न पाइने छ भने सरकारी तथा गैरसरकारी कार्यालयहरुले भीडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न सक्ने निणर्य गरिएको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु