होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महिला केन्द्रीय सदस्यमा डिला संग्रौलालाई अग्रता, आरजु तेस्रो स्थानमा
समाचार

महिला केन्द्रीय सदस्यमा डिला संग्रौलालाई अग्रता, आरजु तेस्रो स्थानमा

  • नागरिक रैबार
महिला केन्द्रीय सदस्यमा डिला संग्रौलालाई अग्रता, आरजु तेस्रो स्थानमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतगणना अन्तर्गत सोमबार विभिन्न क्लस्टर र क्षेत्रका केन्द्रीय सदस्य पदको उम्मेदवारको मतगणना भइरहेको छ ।

महिलाको खुला केन्द्रीय सदस्य पदमा १३६४ मत गणना हुँदा ८२५ मत ल्याएर डिला संग्रौला पहिलो स्थानमा छिन् ।

पुष्पा भुसाल ८०२ मतसहित दोस्रो, आरजु राणा ७२८, अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएकी छन् । खुला तर्फको महिलामा ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

विज्ञापन

महिलातर्फका खुला केन्द्रीय सदस्यको मतगणना आइतबार नै शुरु भएको थियो । सोमबार विहानदेखि मधेसीतर्फका महिला र पुरुष, थारुतर्फका महिला र पुरुष, मुस्लिम तर्फका महिला र पुरुष, प्रदेश १ र वागमती प्रदेशको केन्द्रीय सदस्य पदको मतगणना भइरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै